धुलिखेल, २१ जेठः बाढीले बगाएको पाइप जडान सकिएपछि आजबाट धुलिखेलको मुख्य ट्याङकीमा पानी झार्न सुरु गरिएको छ । दिउँसो दुई बजेदेखि खानेपानी धुलिखेल स्थित मुख्य ट्याङकीमा पठाइएको धुलिखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामेश्व श्रेष्ठले बताए । जेठ १४ गते पनौती क्षेत्रमा भिषण बर्षापछि आएको बाढीले धुलिखेल आउने खानेपानीको पाइप बगाएपछि धुलिखेलमा खानेपानीको चरम समस्या भइरहेको…