२०८३, २९ भाद्र मंगलबार

धुन्चे–रसुवागढी राजमार्ग बन्द

रसुवा २५ भदौ: धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ । करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका…