एसएलसी सकेर डाक्टर बन्ने सपना बोकेर उनी २०४६ सालमा राजधानी प्रवेश गरेका थिए । तर जीवनसँगै बगिरहेको समयले उनलाई समाजसेवातिर डो¥यायो । २०३० सालमा साविकको मादन कुँडारी १ हाल चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मा बुबा हर्कराम लामा, आमा दामोरानी लामाको कोखबाट जन्मिएका समाजसेवी जीतराम लामा हाल गैह्रसरकारी संस्था महासंघ नेपालको कोषाध्यक्षको भूमिकामा छन् ।…