२०८३, ५ कार्तिक बिहीबार

मण्डनदेउपुरको तिनधारमा नमुना तामाङ बस्ति शिलान्यास

मण्डनदेउपुरको तिनधारमा नमुना तामाङ बस्ति शिलान्यास


धुलिखेल, ५ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० तिनधारमा एकीकृत नमुना तामाङ बस्ति निर्माणको काम सुरु भएको छ । नमुना बस्ती निर्माणको शुक्रबार नगरप्रमूख टोक बहादुर वाइबाले शिलान्यास गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको ५० लाख सहयोगमा ३२ वटा घर निर्माण हुनेछ । नमुना बस्ति निर्माणका लागि नगरपालिकाले पनि १० लाख रुपैयाँ सहयोग गरेको छ । नमुना बस्ति निर्माणको लागि जग्गा सम्याउने र सडक पुर्याउने काम सकिसकेको छ । यहि महिनाभित्र सामुदायिक भवन निर्माण भइसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख महालक्ष्मी जोशीले जानकारी दिए ।

बरण्डा सहितको ४ कोठे घर निर्माण हुनेछ । ३५ रोपनी क्षेत्रफल जमिनमा तामाङ समुदायको संस्कार र सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने छ । पुननिर्माण प्राधिकरण र स्थानीयको सहयोगमा नमूना तामाङ बस्ती निर्माण हुने स्थानीय राम बहादुर लामाले बताए ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ६ : १० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा