काठमाडौं, कात्तिक १३ । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो ।मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र…