२०८३, १० भाद्र बिहीबार

सहरका सडक छेउछाउ मर्निङ वाक खतरापुर्ण !

सहरका सडक छेउछाउ मर्निङ वाक खतरापुर्ण !


काठमाडौं, मंसिर ३ : सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।

बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ । ‘सास फेर्दा धूलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने । ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । ‘दुई दशमलव पाँच माइक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीद्वारा मुटु, मिर्गौला, छालालगायत संवेदनशील अंगमा असर पुग्छ’, डा. पौडेलले भने ।

पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति बढी सजग हुनुपर्ने चिकित्सकको सुझाव छ । जाडोमा मर्निङ वाकभन्दा घरमै व्यायाम गर्नु उपयुक्त हुने डा. पौडेलको भनाइ छ । दूषित वातावरणमा लामो समयसम्म काम गर्नेलाई फोक्सोको क्यान्सरसमेत हुन सक्ने वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले बताए । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : २४ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा