२०८३, १५ श्रावण शनिबार

निद्रा र फ्लुबिच यस्तो सम्बन्ध, उमेर अनुसार कति घन्टा सुत्ने?

निद्रा र फ्लुबिच यस्तो सम्बन्ध, उमेर अनुसार कति घन्टा सुत्ने?


अमेरिका र युरोपसहित संसारका धेरै भागमा, फ्लु धेरै घातक रोग बनेको छ। अमेरिकामा हालसालै फ्लुका कारण ८५ वयस्क र ३० बच्चाको मृत्यु भइसकेको छ। र यो लगातार फैलिरहेको छ।

वैज्ञानिकहरूले भनेका छन्, ‘फ्लुको उपचार भ्याक्सिनले मात्र सम्भव छैन, यसका लागि पर्याप्त निद्रा पनि आवश्यक पर्छ।’ उनीहरुका अनुसार मानिसहरूले निद्रा पूरा गर्छन् भने फ्लुबाट बच्न सकिन्छ।
निद्रा पूरा नहुनु खतरा

विभिन्न अध्ययनले निद्रा पूरा नहुनेहरुमा फ्लुको भ्याक्सिन प्रभावकारी नभएको देखाएको छन्। यसबाहेक, निद्रा नपुग्नेहरुलाई मधुमेह र मुटुरोगको जोखिम पनि रहन्छ। विशेषज्ञ क्रिस ब्रान्टनर भन्छन्, ‘सुत्नु भनेको ब्याट्री चार्ज गर्नुजस्तो हो। निद्राले शरीरलाई चार्ज गर्छ र फ्लुको उपचारका लागि महत्त्वपूर्ण छ।’ उनका अनुसार एक-तिहाई अमेरिकी डाक्टरको सल्लाह बमोजिम कम्तिमा सात घन्टा पनि निदाउँदैनन्।

उमेर अनुसार कति घन्टा सुत्ने?
ब्रान्टनरले फ्लुबाट बच्न धेरैले बारम्बार हात धुने कुरा गरे पनि कसैले निद्रा पूरा गर्नुपर्छ भन्नेबारे नसोचेको बताउँछन्। उनका अनुसार फ्लुबाट बच्न ७ देखि ९ घन्टाको निद्रा आवश्यक छ।

अमेरिकाको नेसनल स्लिप फाउन्डेसनका अनुसार ६-१३ वर्षका बच्चालाई ९ देखि ११ घन्टाको निद्रा चाहिन्छ। किशोर अवस्थामा ८ देखि १० घन्टा सुत्नु उपयुक्त हुन्छ। यस्तै, १८ वर्षमाथिमा मानिसले दैनिक ७ देखि ९ घन्टा निदाउनुपर्छ। विशेषज्ञहरु भन्छन्, ‘एचथ्रीएनटु इन्फ्लुएन्जाबाट बच्न निद्राको यो नियम पालना गर्नु जरुरी छ। किनभने फ्लुको भ्याक्सिन ३४ प्रतिशतमात्र प्रभावकारी साबित हुने गरेको तथ्यांकले नै देखाउँछ।

निद्राले प्रतिरोधी क्षमता बढाउँछ
निद्राले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्ने र त्यसले फ्लुसँग लड्न सहयोग गर्ने विशेषज्ञहरु बताउँछन्। निद्राको बेला शरीरले ‘टि सेल्स’ उत्पन्न गर्ने र त्यसले संक्रमित कोशिकालाई मार्ने काम गर्ने वैज्ञानिकहरुको दाबी छ।

साथै, शरीरको प्रतिरोधी क्षमताले विशेष किसिमको प्रोटिन प्रवाह गर्छ जसले संक्रमित शरीरलाई चाँडो निको हुन सहयोग पुर्या्उछ। तर, निद्रा पूरा भएन भने यस प्रकारको प्रोटिन र टि सेल्सको मात्र कम हुन्छ र रोगले चाँडै आक्रमण गर्न सक्छ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : १५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने