प्रकाश सुन्दास, धुलिखेल, २९ बैशाखः भुम्लु गाउँपालिका वडा नम्बर ५ मानेडाँडामा रहेको सार्वजनिक आधारभुत विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार खरेल पछिल्लो समय ढुक्क छन् । बालबालिकाको पठनपाठनमा थप सुधार ल्याउन सकिन्छ भन्नेमा प्रधानाध्यपक खरेल निश्चिन्त देखिन्छन् । बालबालिकाको पढाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयको भौतिक पक्ष पनि हो । भूकम्पले भत्काइदिएको विद्यालय भवन झण्डै पाँच वर्षपछि…