२०८३, ७ भाद्र सोमबार

कृषि र पशुमा पनौती नगरपालिकाको आकर्षक कार्यक्रमः युवालाई दुई लाखसम्म अनुदान

कृषि र पशुमा पनौती नगरपालिकाको आकर्षक कार्यक्रमः युवालाई दुई लाखसम्म अनुदान


धुलिखेलख, ११ असारः अघिल्ला वर्षहरुमा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि कृषि र पशुपालनाका योजनालाई निकै प्राथमिकतामा राखेको छ । नगरसभामा प्रमुख भिम न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन क्षेत्रमा लाग्ने युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख न्यौपानेले भैसी सुत्केरी भत्तालाई कार्यक्रममा निरन्तरता दिएका छन् । नगरपालिकाले पहिलो बेत ब्याएकोलाई ५ हजार र अन्य बेतकालाई २ हजारका दरले भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले कृषि र पशु विकास कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नमूना स्वरुप दुई लाख रुपैयाँ सम्मको अनुदान दिइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाले भैसीको स्रोत केन्द्र स्थापना गर्ने गरी आगामी आर्थिक वर्ष ४ सय वटा भैसीको पाडी वितरण गर्ने भएको छ । नगरप्रमुख न्यौपानेले आफ्नो नीति तथा कार्यक्रममा पशुपन्छी तथा बाली बिमा गर्ने किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने उल्लेख गरेका छन् । सामुदायिक पशु बिमा कार्यक्रमलाई सुदृढिकरण गर्दै विमित पशु संख्याको समेत मुल्याङ्कन गरी न्यूनतम २ लाख देखि १० लाख रुपैयाँसम्मको अनुदान दिने कार्यक्रममा समेटिएको छ ।

अलैची खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानको ब्यवस्था गरिएको छ । त्यस्तै कृषि र पशुपन्छी विकासका लागि प्रयोग हुने यन्त्र उपकरण खरिदमा नगरपालिकाले ६० प्रतिशत अनुदान दिने भएको छ । पशु प्राविधिकलाई खोप लगाउँदा दिदैँ आएको प्रति पशु १० रुपैयाँलाई सतप्रतिशत बढाएर नगरप्रमुख न्यौपानेले २० रुपैयाँ पुर्याएका छन् । त्यस्तै पशुसेवा प्राविधिकहरुको जीवन बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरप्रमुख न्यौपाने भकारो सुधार अनुदान तर्फ १० लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यसका लागि २ वटा माउ गाई भैसी र १० वटा बाख्राको माउ हुनुपर्नेछ । नगरपालिकाले आगामी आर्थिक वर्ष फलफूल बगैचा स्थापनाका लागि कम्तीमा ६० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउने भएको छ । अनुदानमा उपलब्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफल जमिनमा लगाउनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  १० : ५६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन