काठमाडौं । बडा दशैँको फूलपातीमा प्रदर्शन हुने बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङ नम्बर १ मा स्थान बनाएको छ। शुक्रवार सार्वजनिक ट्रेलरले नेपालभित्र मात्र होइन, विदेशमा बसोबास गर्ने नेपाली समुदाय माझ पनि उत्तिकै चर्चा बटुलिरहेको छ। ट्रेलरमा समावेश भावनात्मक प्रस्तुति, तीव्र एक्सन र शक्तिशाली संवाद दर्शकलाई विशेष आकर्षण बनेको…