धुलिखेल, २३ कात्तिकः भुकम्पमा क्षति पुगेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा रहेको सेतीदेवी माविको भवन बन्ने भएको छ । नयाँ बन्न लागेको भवनको आइतबार नगरप्रमुख अशोक कुमार ब्याञ्जुले शिलान्यास गर्नुभएको हो । एशियाली विकास बैंक र धुलिखेल नगरपालिकाको गरी ४ करोड ५ लाखमा भवन निर्माण हुनेछ । २२ कोठे पक्की भवन निर्माण हुनेछ ।…