२०८३, २२ जेष्ठ शनिबार

शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति आयोगको गम्भीर ध्यानाकर्षण

शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति आयोगको गम्भीर ध्यानाकर्षण


काठमाण्डौ । शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेकोप्रति मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगको भनाइ छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । यस्तै आयोगले शिक्षकका जायज माग वार्ताबाट सम्बोधन गर्न सरकारको समेत ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ६ : ४८ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति