२०८३, २९ श्रावण शनिबार

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित


काठमाण्डौ । विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक जना मात्र पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन् ।

सन् २०२१ देखि विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाको संख्या घट्नुको सट्टा बढ्दै गएको र दुई वर्षमा विद्यालय नजाने बालबालिकाको संख्या ६० लाख जनाले बढेर २५ करोड पुगेको उल्लेख छ । विद्यालय नजानुमा युद्ध, आमाहरुको शिक्षाको स्तर, विद्यालय टाढा हुनु लगायतका कारण उल्लेख भए पनि गरिबी नै सबैभन्दा ठूलो निर्णायक कारक हो ।

प्रतिवेदनका अनुसार अफ्रिकाका ९ करोड ८० लाख जना बालबालिका अझै पनि विद्यालय बाहिर छन् । मध्य र दक्षिण एसियामा विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या झण्डै ८ करोड ५० लाख जना रहेको छ । यी नतिजाहरू हेर्दा संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा सबैका लागि राम्रो शिक्षा दिने लक्ष्य जोखिम बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ३ : ४३ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका