भद्रपुर १८ मंसिर : झापामा अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास असफल भएको छ। मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी बिहीबार दिउँसो अज्ञात समूहले जलाउने प्रयास गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरी कार्यालय झपाका डिएसपी राकेश थापाका अनुसार मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक…