२०८३, १४ बैशाख मंगलबार

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ


उदयपुर, १२ मंसिर  : उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पाँच दिनअघि बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ । पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ । बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए ।

 

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले