काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। पहिलो चरणमा आज अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल सम्पन्न गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने भगत सर्वजित उद्यमशीलता कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने…