२०८३, २६ आश्विन मंगलबार

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। पहिलो चरणमा आज अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल सम्पन्न गरेको हो।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने भगत सर्वजित उद्यमशीलता कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने विषयमा विशेष जोड दिइएको छ। आधुनिक प्रविधिको हस्तान्तरण, सीपमूलक तालिम र उत्पादनलाई बजारसँग जोड्ने योजनाका विषयमा विस्तृत छलफल भएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको वायु प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिने विषयमा छलफल भएको छ। यसका लागि आवश्यक नीतिगत व्यवस्था र सहुलियत प्याकेज निर्माणका विषयमा मन्त्रालयहरुबीच सहमति बनेको छ।

भारत, चीन लगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा समेत छलफल भएको छ। यस्तै, झापाको मयुरधाप, मकवानपुर र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना कार्यान्वयनतर्फ अघि बढाउने सहमति पनि बैठकमा भएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत दुबै मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

अर्थ मन्त्रालयले बजेटमा उल्लेख गरिएका कार्यक्रम तथा योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमशः छलफल गर्दै जाने कार्यक्रम बनाएको छ। मन्त्रालयले नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा समन्वय, स्पष्ट कार्ययोजना र समयसीमा निर्धारणमा विशेष ध्यान दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  ११ : ३५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल