काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ मा उड्ने कार (ईभीटोल) हेर्न दर्शकहरूको घुइँचो लागेको छ। प्रविधिमा आएको यो नवीनतम उपलब्धि पहिलो पटक सार्वजनिक प्रदर्शनीमा देखाइएको हो। मंगलबार उद्घाटन गरिएको अटो शोको प्रमुख आकर्षण बनेको उड्ने कार हेर्न सर्वसाधारण मात्र नभई प्रविधि तथा यातायात क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।…