२०८३, २६ आश्विन मंगलबार

भारत–नेपाल बैंकिङ्ग सम्बन्धमा नयाँ अध्याय : महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच क्रस बोर्डर सेवा सम्झौता

भारत–नेपाल बैंकिङ्ग सम्बन्धमा नयाँ अध्याय : महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच क्रस बोर्डर सेवा सम्झौता


काठमाडौं । नेपाल र भारतबीचको वित्तीय सम्बन्धलाई प्रविधिमैत्री र सहज बनाउँदै महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको प्रतिष्ठित बैंक एचडीएफसी (HDFC) बैंकबीच सीमा–पार (क्रस बोर्डर) वित्तीय सेवा विस्तारको लागि ऐतिहासिक समझदारी भएको छ।

यस सहकार्यपछि महालक्ष्मी विकास बैंक भारतबाट नेपालमा प्रत्यक्ष भुक्तानी सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्राविधिक संरचना तयार गरी परिक्षण कारोबार समेत सम्पन्न गरिसकेका छन्। यो सहकार्यले सीमा–पार रेमिट्यान्स र व्यापार व्यवसायमा संलग्न ग्राहकहरूलाई डिजिटल माध्यममार्फत प्रभावकारी सेवा दिने विश्वास बैंकले लिएको छ।

के छ सम्झौतामा ?

समझदारीअनुसार महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको क्यास म्यानेजमेन्ट सर्भिस (CMS) अन्तर्गत CMS चेक कलेक्शन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट (e-CMS) सेवामा प्रत्यक्ष पहुँच पाउनेछ। यस प्रणालीको माध्यमबाट भारतमा रहेका व्यक्ति तथा संस्थाहरूले नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाईम ग्रस सेटलमेन्ट (RTGS) जस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरी सिधै नेपालमा रकम पठाउन सक्नेछन् । यसैगरी, भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर पनि नेपालमा रकम पठाउने सुविधा मिल्नेछ, जसले व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू र रेमिट्यान्स सेवा उपभोगकर्ताहरूलाई थप सहजता दिनेछ ।

नेपालको बैंकिङ्ग इतिहासमा नयाँ मोड

नेपाल र भारतबीचको बैंकिङ्ग कारोबारमा सधैंजसो जटिलता र ढिलासुस्ती रहने गरेको विगतलाई यस सहकार्यले तोड्ने अपेक्षा गरिएको छ। महालक्ष्मी विकास बैंकले डिजिटल वित्तीय सेवा क्षेत्रमा पछिल्ला दिनमा उल्लेखनीय प्रगति गरिरहेको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” नारासहित १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

सेवा विस्तार र डिजिटल नवप्रवर्तनतर्फको प्रतिबद्धता

भारतको अग्रणी बैंक एचडीएफसीसँगको सहकार्य महालक्ष्मी विकास बैंकको डिजिटल नवप्रवर्तनमा गरिएको लगानी र दीर्घकालीन रणनीतिक सोचको परिणाम हो। यस प्रणालीले ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो रुपमा रकम स्थानान्तरण गर्ने सुविधा दिन्छ।

विशेष गरी भारतमा रहेका नेपाली कामदार, विद्यार्थी, व्यापारीहरूलाई नेपालमा सजिलै रकम पठाउने सजिलो विकल्प बन्ने अपेक्षा गरिएको छ। यो प्रणालीको प्रयोगबाट व्यापारिक कारोबारमा समेत सहजता आउने र दुवै देशको वित्तीय सम्बन्ध थप सुदृढ हुने बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  १२ : ०६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल