२०८३, २६ आश्विन मंगलबार

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव


काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत करले असर पारेको छ। इन्डियन काउन्सील फर रिसर्च अन इन्टरनेशनल इकोनोमिक रिलेसन (ICRIER) को प्रतिवेदनअनुसार, भारतबाट अमेरिकी बजारमा वार्षिक ६०.८५ अर्ब डलर बराबरको सामान निर्यात हुने गरेको छ, जुन भारतको कुल निर्यातको ७.३८ प्रतिशत भाग हो।

प्रतिवेदनले कपडा, रत्न/आभूषण, अटो पार्ट्स र कृषि उत्पादनजस्ता श्रम–गहन तथा उच्च-मूल्य क्षेत्रहरूमा यस करले ठूलो प्रभाव पार्ने बताएको छ। यी क्षेत्रहरूले मात्र व्यापार बढाउँदैनन्, हजारौं रोजगारी र किसानहरूको जीविकोपार्जनमा समेत सिधा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ।

कपडा र पोशाक क्षेत्रले बंगलादेश, पाकिस्तान र भियतनाम जस्ता प्रतिस्पर्धीहरू भन्दा ३० प्रतिशत बढी भन्सार शुल्कको सामना गरिरहेको छ भने, रत्न र गहनाको निर्यातले टर्की र थाइल्याण्डजस्ता आपूर्तिकर्तासँग प्रतिस्पर्धामा चुनौती भोगिरहेको छ। कृषिमा झिंगे माछाको निर्यात सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

सुरुमा ट्रम्पले २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए भने पछि यो ५० प्रतिशत पुर्‍याइएको हो। नयाँ कर व्यवस्थाले औषधि, ऊर्जा, खनिज र अर्धचालकलाई समावेश नगरेको छ। हाल भारत र अमेरिका बीच द्विपक्षीय व्यापार सम्झौताको लागि वार्ता जारी छ, जसमा कृषि र दुग्ध क्षेत्र खोल्ने विषयमा मतभेद रहेको छ।

यस करले भारतको अमेरिकी निर्यातमा नकारात्मक असर पार्ने र व्यापार घाटा घटाउने ट्रम्पको उद्देश्यसँग जोडिएको बताइएको छ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ३९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल