२०८३, १० कार्तिक मंगलबार

चोरीको १ करोड रुपैयाँसहित ९ नेपाली पक्राउ

काठमाडौं । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मंगलबार राति…