२०८३, २२ आश्विन शुक्रबार

चोरीको १ करोड रुपैयाँसहित ९ नेपाली पक्राउ

चोरीको १ करोड रुपैयाँसहित ९ नेपाली पक्राउ


काठमाडौं । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् ।

भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय अझै गोप्य राखिएको छ । यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण दिएको छैन ।

सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  १२ : ३५ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १