काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको समितिको बैठकले लामो छलफलपछि तयार गरिएको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको हो। बैठकमा समितिका सभापति कृष्णहरि बुढाथोकीले विधेयकसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका थिए। छलफलका क्रममा सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिमा लामो समयसम्म…