रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक
पोर्चुगल । पोर्चुगलको अल्बुफेरामा आयोजित Kempo International Open Cup 2026 मा नेपालले शानदार प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र ३ कास्य गरी कुल ७ पदक जित्न सफल भएको छ।
प्रतियोगितामा नेपाल केम्पो खुकुरी फेडेरेशनका १४ वर्षीय प्रतिभाशाली खेलाडी रोशन कुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पारेका छन्।
रोशनले Full Kempo ४० केजी र Submission Kempo ४० केजी विधामा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका हुन्। उनले Empty Hand Kata र Semi Kempo मा रजत तथा Light Kempo र Self Defense 3 vs 1 विधामा कास्य पदक प्राप्त गरे।

त्यस्तै, नेपाल केम्पो खुकुरी फेडेरेशनका केन्द्रीय अध्यक्ष पाभेल शाहले Senior Category Self Defense विधामा कास्य पदक जित्दै नेपालको पदक संख्या ७ पुर्याएका छन्।
१४ वर्षीय रोशनको बहुविधामा देखिएको उत्कृष्ट प्रदर्शन नेपाली केम्पो खेलका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न विधामा लगातार पदक जित्नुले नेपाली खेलाडीको क्षमता, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढ्दो उपस्थितिलाई थप प्रमाणित गरेको छ।
यसअघि सन् २०२६ अप्रिलमा आयोजित Kempo World Championship मा नेपालले विभिन्न विधामा २५ पदक जितेको थियो। विश्व च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय ओपन कपमा समेत उल्लेखनीय सफलता हासिल गर्नु नेपाली केम्पोको निरन्तर प्रगतिको संकेतका रूपमा हेरिएको छ।
नेपाल केम्पो खुकुरी फेडेरेशनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा अभिभावकहरूलाई बधाई दिँदै सम्पूर्ण नेपाली खेलप्रेमीप्रति धन्यवाद व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउँदै नेपाली खेलाडीले हासिल गरेको यो सफलता नेपाली खेलकुदकै लागि गौरवको विषय बनेको छ।







प्रतिक्रिया