‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला आयो’ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामाथि संकट देखिए नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न एमाले तयार रहेको स्पष्ट संकेत दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार सम्बोधन गर्दै पोखरेलले मुलुक फेरि राजनीतिक चुनौतीको संवेदनशील मोडमा पुगेको दाबी…