२०८२, २४ भाद्र मंगलबार

पाथिभरा माताले हामी सबैकोा रक्षा गरुण

कविता हे पाथिभरा माता,तपाईंको पवित्र चरणमाहाम्रो मन सधैं समर्पित रहोस्। तपाईंको असीम कृपालेसबै जीव–जन्तु सुरक्षित रहून्,असन्तोष मेटियोस्,पीडा बगेर जाओस्। प्रेम फैलियोस्,शान्ति फूलोस्,समृद्धि घर–घरमा रमाओस्। जो बाटो खोज्दै छन्,उनीहरू उज्यालोमा पाइला चालून्।जो पीडामा छन्,उनीहरूले शान्तिको श्वास पाओस्। जो मनोकामना बोकेरतपाईंको दर्शनमा आएका छन्,तपाईंको दृष्टिलेतिनीहरूको सपना साकार होस्। हे माता,तपाईंको छायामासंसार उज्यालो रहोस्।तपाईंको आशीर्वादलेहाम्रो जीवनभर रक्षा होस्।