२०८१, २३ माघ बुधबार

बमज्वजले भनेः ‘कांग्रेस लूटको स्वर्ग गुम्न लागेकाले अतालिएको छ’

बमज्वजले भनेः ‘कांग्रेस लूटको स्वर्ग गुम्न लागेकाले अतालिएको छ’


ग्याम्जो लामा, डाँडापारी/बामगठबन्धनको प्रतिनीधि सभा क्षेत्र नं १ का साझा उमेरदवार गंगाबहादुर दोङ “बमध्वज”ले नेपाली काग्रेसको लूटको स्वर्ग गुम्न लागेकोले कांग्रेस अतालिएको बताएका छन् ।

गोकुलेमा आयोजित चुनावी सभालाई सम्बोधन गदै उमेरदवार बम ध्वजले डाँडापारी क्षेत्रलाई उज्यालो अनुभूति दिलाउन डाँडापारीलाई केन्द्रिय प्रसारण लाइनलाई महाभारतमा जोड्न पहल गर्ने बताएका छन् । उनले काँग्रेसले डन र धनको बलमा चुनाव जित्ने सपना देखेका छन् । त्यो सपना मंसीर २१ गते वाम गठवन्धनका उमेरदवारहरुलाई विजयी गराएर गतिलो झापट दिन समेत स्थानीयलाई आग्राह गरेका छन् ।

यसैगरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाले जनताको मुक्तिका लागि नेपालमा कम्युनिस्ट सरकार आवश्यकता औल्याउदै सबै मतदाताहरुले वाम गठबन्धनका उमेरदवारहरुलाई मतदान गर्न अनुरोध गरिन् । सभामा महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले अब वामपन्थी सरकारले यी गुन्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका नेता दिननाथ गौतम र पूर्व सांसद रामहरि सुवेदीले सवल र समृद्ध नेपाल निर्माणका लागि वाम गठबन्धन रहर होइना यूगको आवश्यकता रहेको बताएका छन् । असन, ठमेल, इन्द्रचोकमा हप्ता उठाउनेहरु अहिले काँग्रेसबाट उम्मेदवार भएको भन्दै उनले हप्ता उठाए जस्तो नागरिकको दैनिक समस्या समाधान गर्न सजिलो नभएको जिकीर गरे । वाम गठबन्धका उमेरदवारहरुले काभ्रेको डाँडापारी क्षेत्रमा घरदौलो अभियानलाई तिब्र परेका छन् ।

 

प्रकाशित मिति : २०७४, २७ कार्तिक सोमबार  ८ : २२ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव