२०८३, १३ भाद्र आईतबार

पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा

पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा


काठमाडौँ, २० असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताउनुभएको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको  ।”

अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताउनुभयो । नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पु¥याइरहेको छ भन्नुभयो ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुहुने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ६ : १८ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले