२०८३, १० जेष्ठ सोमबार

काभ्रेलाई फ्लावर हब बनाउन पाँचखालका मेयर खरेलको आग्रह

काभ्रेलाई फ्लावर हब बनाउन पाँचखालका मेयर खरेलको आग्रह


धुलिखेल/ पाँचखाल नगरपालिकाका प्रमूख महेश खरेलले काभ्रे जिल्लालाई फ्लावर हबका रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

शुक्रबार धुलिखेलमा फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले काभ्रेलाई फ्लावर हब बनाउनु पर्नेमा जोड दिएका हुन् । ‘हामी राजधानी नजिकका नागरिक भनेर मात्रै हुदैँन, उनले भने ‘उचित ठाउँमा लगानी गर्यो भने फाइदा पनि राम्रो हुन्छ, त्यो भनेको पुष्प खेती हो ।’ तरकारीको भण्डार पाँचखालमा पनि फूल खेती ब्यवसायीक रुपमा अघि बढाउन उनले ब्यवसायीहरुलाई आग्रह गरे ।

पाँचखालमा फूल खेतीको सम्भाब्यता रहेको भन्दै समन्वय गर्न नगरपालिका तयार रहेको उनले उल्लेख गरे । ‘कस्तो हावापानी भएको जमिनमा कुन जातको फूल खेती लाग्छ, अध्ययन गरेर अघि बढौँ, उनले भने ‘त्यसका लागि नगरपालिका सहयोग गर्न तत्पर छ ।’

आफु पनि फूलको पारखी भएको भन्दै उनले राष्ट्रको समृद्धिमा पुष्प ब्यवसायीहरुको ठूलो योगदान रहेको बताए । ‘म मेरो परिवारलाई खुशी पार्न फूलकै प्रयोग गर्छु, उनले भने आयातित फूल भन्दा स्वदेशी फूल नै प्रयोग गर्न पाउँदा मन हर्षित हुन्छ ।’

कार्यक्रममा फ्लोरिकल्चर एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष कुमार कसजुले फूल खेती गर्ने कृषकहरुको समस्या स्थानीय सरकारले बुझेर काम गर्नुपर्ने बताए । ‘अहिले नजिकको राज्य भनेको स्थानीय तह हो, उनीहरुले फूल खेती गर्दै आएका कृषकहरुको समस्यालाई निकै नजिकबाट नियाल्नु पर्छ, उनले भने ‘अरु खेती गरे भन्दा फूल खेती फरक छ, नयाँ कृषकहरुलाई पनि आबद्ध गराउन स्थानीय सरकारको ठूलो हात छ ।’

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : १५ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी