२०८३, २२ बैशाख बुधबार

सूचना प्रविधिमैत्री शिवालय गाउँपालिका

सूचना प्रविधिमैत्री शिवालय गाउँपालिका


जाजरकोट, १३ असोज : बढ्दो सूचना प्रविधिको मागसँगै यहाँका शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेका छन् । जिल्लाको शिवालय गाउँपालिकाले गाउँपालिकाभित्र इन्टरनेट सेवा विस्तार गरेको छ । वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका सबै वडामा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो ।

अहिले सबै ठाउँमा इन्टरनेट जोडेर निःशुल्क रूपमा सेवा दिइरहेको अध्यक्ष शाहीले बताउनुभयो । गाउँपालिकाले करीब रु ७ लाख लागतमा इन्टरनेटको टावर जडान गरी यहाँका विद्यालय, वडा कार्यायलय, स्थानीयवासी र गैरसरकारीमा सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।

विद्युत र इन्टरनेटका अभावमा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिकाले इन्टरनेट जडानसँगै अब स्थानीयस्तरमै काम गर्न थालेको छ । पहिलो पटक निःशुल्क इन्टरनेट सेवा पाउँदा यहाँका स्थानीय खुशी भएको स्थानीय पूर्णबहादुर महतराले बताउनुभयो । दुई वर्षसम्म निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ६ : ४५ बजे

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई