२०८३, ९ मंसिर बुधबार

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ


काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादले न्यायिक मोड लिएको छ। पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुने सुनुवाइलाई प्रहरी नेतृत्वको विवाद समाधानका दृष्टिले चासोका साथ हेरिएको छ। विशेषगरी, कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय र नयाँ आइजिपी नियुक्तिको कानुनी वैधताबारे अदालतको दृष्टिकोण महत्वपूर्ण हुने देखिन्छ।

कार्कीले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै पूर्ववत् आइजिपी पदमा पुनर्बहालीको माग गरेका छन्। उनका पक्षका कानुन व्यवसायीहरूले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको उल्लेख गर्दै निर्धारित कानुनी आधारबिना पदबाट हटाउन नमिल्ने तर्क गरेका छन्।

यसअघि मंसिर २ गते सर्वोच्चले सरकारसहित विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि पेसी तोकेको थियो। तर, नवनियुक्त आइजिपी डा. मनोजकुमार केसीका नाममा म्याद तामेल हुन नसकेपछि सुनुवाइ रोकिएको थियो।

म्याद बुझाउन जाँदा केसी कार्यालयमा उपस्थित नभएको र कार्यालयले समेत पत्र बुझ्न अस्वीकार गरेको प्रतिवेदन अदालतमा पेस भएको थियो। त्यसपछि ह्वाट्सएपमार्फत सूचना पठाइए पनि त्यसलाई आधिकारिक मान्न नसकिने भन्दै इजलासले पुनः म्याद तामेल गर्न आदेश दिएको थियो।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

आजको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रहरी नेतृत्वको वर्तमान व्यवस्थापनमै प्रभाव पर्न सक्नेछ। आदेश जारी नभएमा पनि मुद्दाको अन्तिम निरूपणका लागि न्यायिक प्रक्रिया अघि बढ्नेछ। त्यसैले आजको सुनुवाइलाई प्रहरी नेतृत्व विवादको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ९ मंसिर बुधबार  ११ : ११ बजे

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादले न्यायिक मोड लिएको

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान

शरीरभित्रै सुन लुकाएर तस्करी ! दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै