काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम भएको छ।
युरोपियन युरोको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा पुगेको छ।
स्वीस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर १०६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६९ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ७३ पैसामा खरिद हुने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ६३ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ८४ पैसा, साउदी रियालको ४० रुपैयाँ ५४ पैसा र कतारी रियालको ४१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा, हङकङ डलरको १९ रुपैयाँ ३९ पैसा र कुवेती दिनारको ४९३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार यी दर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्नेछन्। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्।







प्रतिक्रिया