२०८३, १२ कार्तिक बिहीबार

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान


काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न खोज्ने गतिविधिमाथि कानुनी अनुसन्धान अघि बढाउने चेतावनी दिएको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा संगठनको व्यावसायिकता र कार्यसम्पादनबारे भ्रम फैलाउने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै त्यस्ता गतिविधिमा संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति पनि प्रहरीले आपत्ति जनाएको छ। पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रचार गर्दा नागरिकमा भ्रम फैलिने र प्रहरी संगठनप्रतिको विश्वास कमजोर हुन सक्ने प्रहरीको भनाइ छ।

प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई अपुष्ट तथा तथ्यहीन सूचना प्रसार नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि दबाब वा प्रचारबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन प्रतिबद्ध रहेको जनाएको छ।

प्रहरीको यो चेतावनी आईजीपीमाथि राजीनामाको दबाब बढेको चर्चाबीच आएको हो। यद्यपि, विज्ञप्तिमा अनुसन्धानको दायरामा पर्ने व्यक्ति वा समूहको नाम र उनीहरूमाथि कारबाही अघि बढाउनुपर्ने ठोस घटनाबारे खुलाइएको छैन।

प्रकाशित मिति : २०८३, १२ कार्तिक बिहीबार  ९ : २२ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल