२०८३, ११ कार्तिक बुधबार

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेडा प्रतिकिलो ३० देखि ६० रुपैयाँसम्म र आलु २८ देखि ५५ रुपैयाँसम्म निर्धारण गरिएको छ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडा र नेपाली ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ। सानो लोकल गोलभेडाको मूल्य ३० रुपैयाँ र सानो टनेल गोलभेडाको मूल्य ४० रुपैयाँ तोकिएको छ।

आलुतर्फ रातो लाम्चो, रातो गोलो र मुडे आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ। भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ निर्धारण गरिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ रहेको छ।

अन्य तरकारीमध्ये लोकल बन्दा र स्थानीय काउली प्रतिकिलो ३० रुपैयाँमा उपलब्ध छन्। रातो मूला र सेतो हाइब्रिड मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ तोकिएको छ। तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ तथा लोकल र हाइब्रिड घिउ सिमी ३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

त्यस्तै, टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला ८० रुपैयाँ र लौका ३० रुपैयाँ रहेको छ। रायोको साग र पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ तोकिएको छ।

च्याउ तथा अन्य तरकारीमा कन्य च्याउ प्रतिकिलो १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। कुरिलो प्रतिकिलो ७०० रुपैयाँ, न्युरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ निर्धारण गरिएको छ। नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ तथा कागती प्रतिकिलो २०० रुपैयाँ रहेको छ। अनारको मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको न्यूनतम मूल्य हो। खुद्रा पसलमा स्थान, ढुवानी खर्च र बिक्री अवस्थाअनुसार उपभोक्ताले तिर्नुपर्ने मूल्य फरक हुन सक्छ।

प्रकाशित मिति : २०८३, ११ कार्तिक बुधबार  ८ : ५० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता