२०८३, २६ आश्विन मंगलबार

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका २७ व्यापारिक फर्म तथा उद्योगमा अनुगमन गर्दा कैफियत भेटिएका तीन फर्मलाई जरिवाना गरेको छ। थप तीन फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन फर्मलाई कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार तारकेश्वर नगरपालिका–११ स्थित आराध्या मसला तथा किराना पसल र बूढानीलकण्ठ नगरपालिका–१० स्थित जोशी किराना स्टोरलाई जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ। सोही स्थानको सुदूर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी, लाजिम्पाटस्थित कुरीलो प्रा.लि., चाबहिलस्थित अस्केटचा तथा नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन गरिएका अन्य २१ फर्म तथा उद्योगलाई व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी सुधार्न निर्देशन दिइएको विभागले जनाएको छ। निर्देशन पाउनेमा भाटभटेनी सुपरमार्केटको मध्यपुर थिमी शाखा, खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्ससहित विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्म रहेका छन्।

विभागले चाडपर्व लक्षित तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हितविपरीत कार्य गर्ने व्यवसायीमाथि कारबाही गरिने जनाएको छ। बजारमा वस्तुको गुणस्तर, मूल्य र व्यापारिक कारोबारमा पारदर्शिता कायम गर्न अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको छ।

प्रकाशित मिति : २०८३, २६ आश्विन मंगलबार  ८ : ५० बजे

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस 

शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर