२०८३, २६ आश्विन मंगलबार

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। सञ्चारमाध्यममा सार्वजनिक अडियो सामग्री र विभिन्न आरोपप्रति ध्यानाकर्षण जनाउँदै पार्टीले छानबिन पूरा नहुँदासम्म उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारसँग सम्बन्धित सार्वजनिक सामग्री र घटनाबारे उठेका प्रश्नलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन्।

पार्टीका अनुसार सञ्चारमाध्यममा महिलाको मर्यादामाथि आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसँग सम्बन्धित विषय सार्वजनिक भएका छन्। यी आरोपको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

छानबिन निष्कर्षमा नपुग्दासम्म अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको रास्वपाले जनाएको छ।

पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै राज्यका सम्बन्धित निकायबाट निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। सरकारी अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत पार्टीले जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारेको छ।

सुनारमाथि सार्वजनिक भएका आरोपको अन्तिम निष्कर्ष भने सम्बन्धित अनुसन्धानबाट तय हुनेछ। पार्टीको आन्तरिक छानबिन सुरु हुनु आफैंमा आरोप पुष्टि भएको प्रमाण होइन।

प्रकाशित मिति : २०८३, २६ आश्विन मंगलबार  ९ : १४ बजे

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस 

शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर