२०८३, २६ आश्विन मंगलबार

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प


काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको र अन्य चार सडक खण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको जनाएको छ।

गोरखाको आरुघाट गाउँपालिका–स्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध भएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा ठप्प बनेको छ। असोज २५ गते बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन।

यसैगरी, धादिङको धुनिबेँसीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथमा एकतर्फी मात्रै सवारी आवागमन भइरहेको छ। सडक प्रभावित हुँदा यात्रु तथा सवारी चालकलाई आवतजावतमा कठिनाइ भएको छ। गण्डकी प्रदेशका विभिन्न सडकमा पनि बाढी–पहिरोले यातायात प्रभावित बनाएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ। नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरो क्षेत्रमा पनि सडक एकतर्फी मात्रै सञ्चालनमा छ। उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। त्यस्तै, मनाङ जोड्ने बेँसीसहर–खाङ्सार सडक खण्ड पनि बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

प्रहरीका अनुसार अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडक खुलाउन प्रयास जारी छ। बाढी–पहिरो प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आवश्यक छ।

प्रकाशित मिति : २०८३, २६ आश्विन मंगलबार  ८ : ५९ बजे

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस 

शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर