एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोजको आयोजना गरेका छन्।
उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै जाम उठाए। ट्रम्पको निमन्त्रणामा राष्ट्रपति सी बुधबारदेखि शुक्रबारसम्म अमेरिकाको राजकीय भ्रमणमा छन्। यो भ्रमण ट्रम्पले केही महिनाअघि मे महिनामा चीनको राजकीय भ्रमण गरेको केही समयपछि भएको हो।
आफ्नो सम्बोधनमा ट्रम्पले भने, ‘राष्ट्रपति सी, म्याडम पेङ तथा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू, मेलानिया र म ह्वाइट हाउसमा तपाईंहरूलाई फेरि स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ। तपाईंहरू साँच्चिकै उत्कृष्ट र अद्भुत व्यक्तिहरू हुनुहुन्छ। यस वर्षको सुरुवातमा मैले बेइजिङ भ्रमण गर्दा चिनियाँ जनताको आतिथ्यता पूर्ण रूपमा देख्न पाएँ, र आज राति तपाईंहरू एक दशकभन्दा बढी समयपछि पहिलोपटक वासिङ्टन फर्किनुभएको अवसरमा हामी पनि त्यस्तै सम्मान देखाउने प्रयास गर्नेछौं ।’







प्रतिक्रिया