२०८३, ८ आश्विन शुक्रबार

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न सात स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो। पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी नै अवरुद्ध भएको छ। अन्य स्थानमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कृष्णभिरमा पहिरो ठूलो भएकाले सडक खुलाउन दुईवटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको डीएसपी दाहालले बताएका छन्।अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो खस्ने क्रम बढेपछि प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। सडक खुलाउने काम भइरहे पनि थप वर्षा भए पहिरो खस्ने जोखिम कायमै रहेकाले राजमार्गमा यात्रा गर्ने सवारी तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १० : ०० बजे

इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ, त्यसैले यो विशेष छ : डा.माधव भट्टराई

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि

पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका