२०८३, ८ कार्तिक आईतबार

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला


काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव उच्च भएपछि कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए। कोशी ब्यारेजका मूलतर्फका ५२ र नहरतर्फका ४ गरी कुल ५६ वटा ढोका रहेका छन्। पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कन्ट्रोल रुमका अनुसार नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको छ। पानीको सतह बढेसँगै कोशी नदी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नदीको अवस्था जोखिमपूर्ण बन्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन्। यसैबीच, मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

वर्षा थपिएमा कोशी नदीको जलस्तर अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १० : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना