२०८३, ३१ भाद्र बिहीबार

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा घरजग्गा कारोबारसँगै सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री आवास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरेको चारदिने प्रदर्शनीमा नेपाल र भारतका विभिन्न कम्पनी तथा व्यवसायीको सहभागिता रहेको छ।

प्रदर्शनीमा एक सयभन्दा बढी स्टल राखिएका छन्। अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, पेन्ट्स, सेनिटरी फिटिङ्स, विद्युतीय उपकरण तथा इन्टेरियर डिजाइनका सामग्रीसँगै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल, इन्जिनियरिङ कन्सल्टेन्सी र प्रिफ्याब प्रविधिसम्बन्धी सेवाहरू पनि प्रदर्शनमा छन्।

कागजरहित प्रदर्शनीलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, कियोस्क तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिएको आयोजकले जनाएको छ।

यसपटकको प्रदर्शनीको प्रमुख आकर्षण जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार तथा सुरक्षित बस्ती निर्माणसम्बन्धी प्यानल छलफल रहनेछ। नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट तथा निजी क्षेत्रका विज्ञहरूले सुरक्षित आवास, विपद् उत्थानशील पूर्वाधार र सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल गर्नेछन्। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञबाट सर्वसाधारणलाई निःशुल्क परामर्श दिने व्यवस्था पनि गरिएको छ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनीमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछ। ओम अस्पताल र ग्रान्डे इन्टरनेसनल अस्पतालको सहकार्यमा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। हालैको बाढीबाट प्रभावित रसुवाका नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजको व्यवस्था गरिएको छ। आयोजकका अनुसार चार दिनसम्म चल्ने प्रदर्शनीमा करिब ६५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

प्रदर्शनी असोज १ देखि ४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ४ : १७ बजे

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका