२०८३, १७ भाद्र बिहीबार

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।

मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर जारी रहने जनाएको छ । नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको निरन्तर समन्वयका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिएको छ ।

मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा बन्द भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको एलपी ग्यास आपूर्तिमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ९ : ५६ बजे

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

काभ्रे । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र