२०८३, १३ भाद्र आईतबार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग


काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलीयन कम्पनी लिमिटेडले कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले बाढीका कारण भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कम्पनीले पीडाको यस घडीमा बाढी प्रभावित परिवारसँग आफू सँगै रहेको जनाएको छ । मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको कम्पनीको भनाइ छ । 

बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत भदौ ११ गते २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ ।

यसका अतिरिक्त कम्पनीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यससँगै हिमालयन बुलीयन कम्पनी लिमिटेडको तर्फबाट बाढीपीडितका लागि कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको हो ।

कम्पनीका अनुसार उक्त सहयोग रकमको चेक भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ९ : २२ बजे

बाढीको पीडामा चीनको ठूलो साथ, नेपाललाई नगद र राहतसहित ३३ करोड बढी सहयोग

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि चीनले राहत सहयोग थप

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको

केरुङको बाटो बन्द, नाडामा गाडीको बुकिङ धमाधम! व्यवसायी भन्छन्– ‘दशैंमै डेलिभरी’

काठमाडौं । भोटेकोशी बाढीले चीनबाट गाडी आउने मुख्य केरुङ नाका

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३