२०८३, ७ भाद्र सोमबार

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि हिंसा र अराजकतालाई संरक्षण दिएको गम्भीर आरोप लगाएका छन्। उनले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको दाबी गर्दै राज्य नै कानुनी शासनबाट विचलित भएको टिप्पणी गरे।

पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्पपछिको पुनर्निर्माण, कोभिड महामारी व्यवस्थापन र संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने काम गरेपछि केही शक्तिहरूले संवैधानिक प्रक्रियाबाट आफूलाई हटाउन नसकेर अराजकताको बाटो रोजेको जिकिर गरे।

उनले भने, “हामीले देशलाई उठाउने काम गर्‍यौँ। भूकम्पपछि पुनर्निर्माण गर्‍यौँ, कोभिडसँग जुध्यौँ, अर्थतन्त्रलाई संकटबाट माथि ल्यायौँ। तर त्यो सहन नसक्ने शक्तिहरूले संविधानको बाटो होइन, हिंसा र उपद्रवको बाटो रोजे।”

ओलीले संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटलाई माध्यम बनाइएको आरोप लगाउँदै त्यसलाई सरकारले कानुनी संरक्षण दिएको दाबी गरे।

उनले वर्तमान परिस्थितिले कानुनी शासनमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै मुलुकलाई पुनः शान्ति, सुरक्षा, विधिको शासन र जनताले निष्पक्ष न्याय पाउने व्यवस्थातर्फ फर्काउनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  ७ : ४९ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन