२०८३, १० कार्तिक मंगलबार

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि हिंसा र अराजकतालाई संरक्षण दिएको गम्भीर आरोप लगाएका छन्। उनले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको दाबी गर्दै राज्य नै कानुनी शासनबाट विचलित भएको टिप्पणी गरे।

पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्पपछिको पुनर्निर्माण, कोभिड महामारी व्यवस्थापन र संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने काम गरेपछि केही शक्तिहरूले संवैधानिक प्रक्रियाबाट आफूलाई हटाउन नसकेर अराजकताको बाटो रोजेको जिकिर गरे।

उनले भने, “हामीले देशलाई उठाउने काम गर्‍यौँ। भूकम्पपछि पुनर्निर्माण गर्‍यौँ, कोभिडसँग जुध्यौँ, अर्थतन्त्रलाई संकटबाट माथि ल्यायौँ। तर त्यो सहन नसक्ने शक्तिहरूले संविधानको बाटो होइन, हिंसा र उपद्रवको बाटो रोजे।”

ओलीले संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटलाई माध्यम बनाइएको आरोप लगाउँदै त्यसलाई सरकारले कानुनी संरक्षण दिएको दाबी गरे।

उनले वर्तमान परिस्थितिले कानुनी शासनमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै मुलुकलाई पुनः शान्ति, सुरक्षा, विधिको शासन र जनताले निष्पक्ष न्याय पाउने व्यवस्थातर्फ फर्काउनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  ७ : ४९ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको