२०८३, ९ श्रावण आईतबार

काभ्रेका नागरिक विकास, अग्नी, पुण्यश्वर र यूएमसहित १५ सहकारी संकटमा, झण्डै ३ अर्ब रुपैयाँ बचत जोखिममा

काभ्रेका नागरिक विकास, अग्नी, पुण्यश्वर र यूएमसहित १५ सहकारी संकटमा, झण्डै ३ अर्ब रुपैयाँ बचत जोखिममा


काठमाडौं । सहकारी क्षेत्रमा देखिएको संकट झन् गहिरिँदै गएको छ। काभ्रेपलाञ्चोकका नागरिक विकास, अग्नी, पुण्यश्वर र यूएम बचत तथा ऋण सहकारीसहित बागमती प्रदेशका १५ सहकारी संस्थामा सर्वसाधारणको झण्डै ३ अर्ब रुपैयाँ बचत जोखिममा परेको छ। वर्षौंसम्म बचत फिर्ता नपाएपछि पीडित बचतकर्ताहरूले ती संस्थालाई समस्याग्रस्त घोषणा गरी आफ्नो रकम फिर्ता गराउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणसमक्ष माग गरेका छन्।

प्राधिकरणका अनुसार समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएका १५ सहकारीमा करिब २ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ बचत फसेको छ। सहकारी अध्यादेश लागू भएपछि प्राधिकरणले बचत अपचलनमा संलग्न सञ्चालकहरूको सम्पत्ति रोक्का राख्ने, बैंक खाता तथा सेयर नियन्त्रणमा लिने र विदेश यात्रामा प्रतिबन्ध लगाउने अधिकारसमेत प्राप्त गरेको छ।

बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष लवकुश केसी ले समस्याग्रस्त घोषणा प्रक्रियामा ढिलाइ हुँदा बचतकर्ताले थप सास्ती भोग्नुपरेको बताएका छन्।

प्राधिकरणले उजुरीमाथि अध्ययन, विश्लेषण र स्थलगत निरीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयमा सिफारिस गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषणा गर्न माग गरिएका सहकारीको संख्या ४६ पुगेको छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यका र बागमती प्रदेशका रहेका छन्।

प्रकाशित मिति : २०८३, २४ जेष्ठ सोमबार  ७ : १७ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक