२०८३, १० कार्तिक मंगलबार

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग


बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल पैदा भएको छ। नेकपा (माओवादी पृष्ठभूमि) का वडा कमिटी अध्यक्ष कमल खत्रीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्।

खत्रीलाई रास्वपाका स्थानीय नेताहरूले औपचारिक रूपमा स्वागत गर्दै नगर कमिटी सचिव पदमा जिम्मेवारी दिएका छन्। पार्टी प्रवेशपछि संगठनभित्र नयाँ समीकरण बनेको स्थानीय तहमा चर्चा छ।

उक्त वडाबाटै नेकपाका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका कारण यो प्रवेशलाई राजनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीभित्र नेतृत्व शैली र कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको थियो, जसकै कारण संगठन कमजोर हुँदै गएको दाबी गरिएको छ।

तर आलोचक पक्षले भने आफ्नै पार्टीका वडा कमिटी अध्यक्षलाई समेत टिकाउन नसक्ने नेतृत्वले विकास र जनअपेक्षा कसरी पूरा गर्न सक्छ भन्ने प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ३ : ०० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा