२०८३, १० कार्तिक मंगलबार

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी


काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको अभिव्यक्तिलाई लिएर आलोचना तीव्र बनेको छ। यसैबीच नेपाल बार एशोसिएशन ले उक्त अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि, गैरजिम्मेवार टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको सीधा प्रहार भन्दै कडा आपत्ति जनाएको छ।

बारले जारी गरेको विज्ञप्तिमा सीमा जस्तो संवेदनशील विषयमा राज्य प्रमुख तहबाट आउने अभिव्यक्ति अत्यन्त जिम्मेवार, प्रमाणमा आधारित र कूटनीतिक सन्तुलनयुक्त हुनुपर्नेमा जोड दिइएको छ। तर प्रधानमन्त्रीको भनाइले नेपालको दीर्घकालीन राष्ट्रिय अडान कमजोर पार्ने जोखिम बढाएको बारको निष्कर्ष छ।

महासचिव केदारप्रसाद कोइराला द्वारा हस्ताक्षरित विज्ञप्तिमा स्पष्ट भनिएको छ, “नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न सकिँदैन। तर सीमा विवाद भावनात्मक अभिव्यक्ति वा हतारको राजनीतिक टिप्पणी होइन, यो ऐतिहासिक तथ्य, प्रमाण, नक्सा र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका आधारमा समाधान गरिनुपर्ने विषय हो।”

बारले खेतीपाती, नदीको धार परिवर्तन वा स्थानीय प्राविधिक अवस्थालाई राज्यस्तरको सीमा अतिक्रमणसँग जोडेर गरिएको टिप्पणीलाई कूटनीतिक अपरिपक्वता समेत भनेको छ। अन्त्यमा बारले सरकारलाई राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा अझ सचेत, संयमित र जिम्मेवार भएर प्रस्तुत हुन स्पष्ट चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  २ : ३२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा