२०८३, ७ भाद्र सोमबार

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी


काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको अभिव्यक्तिलाई लिएर आलोचना तीव्र बनेको छ। यसैबीच नेपाल बार एशोसिएशन ले उक्त अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि, गैरजिम्मेवार टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको सीधा प्रहार भन्दै कडा आपत्ति जनाएको छ।

बारले जारी गरेको विज्ञप्तिमा सीमा जस्तो संवेदनशील विषयमा राज्य प्रमुख तहबाट आउने अभिव्यक्ति अत्यन्त जिम्मेवार, प्रमाणमा आधारित र कूटनीतिक सन्तुलनयुक्त हुनुपर्नेमा जोड दिइएको छ। तर प्रधानमन्त्रीको भनाइले नेपालको दीर्घकालीन राष्ट्रिय अडान कमजोर पार्ने जोखिम बढाएको बारको निष्कर्ष छ।

महासचिव केदारप्रसाद कोइराला द्वारा हस्ताक्षरित विज्ञप्तिमा स्पष्ट भनिएको छ, “नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न सकिँदैन। तर सीमा विवाद भावनात्मक अभिव्यक्ति वा हतारको राजनीतिक टिप्पणी होइन, यो ऐतिहासिक तथ्य, प्रमाण, नक्सा र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका आधारमा समाधान गरिनुपर्ने विषय हो।”

बारले खेतीपाती, नदीको धार परिवर्तन वा स्थानीय प्राविधिक अवस्थालाई राज्यस्तरको सीमा अतिक्रमणसँग जोडेर गरिएको टिप्पणीलाई कूटनीतिक अपरिपक्वता समेत भनेको छ। अन्त्यमा बारले सरकारलाई राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा अझ सचेत, संयमित र जिम्मेवार भएर प्रस्तुत हुन स्पष्ट चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  २ : ३२ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन