२०८३, १० कार्तिक मंगलबार

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा


काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज लामा ले काभ्रे क्षेत्र नं. १ का माननीय मधु चौलागाईं ले व्यक्त गरेको “विपि राजमार्गको विकल्प खोज्नुपर्छ” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव लामाले विपि राजमार्गको विकल्प फेरि पनि विपि राजमार्ग नै हुने उल्लेख गरेका छन्। उनले कुनै पनि अन्य सडकले विपि राजमार्गको राष्ट्रिय महत्व, रणनीतिक आवश्यकता र आर्थिक योगदानलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन्।

उनले अब बहस राजमार्गको विकल्प खोज्ने विषयमा नभई, विपि राजमार्गलाई अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

सचिव लामाले गाउँ–गाउँमा पुग्ने ग्रामीण कृषि सडकलाई स्तरोन्नति गरी पक्की बनाउनुपर्ने आवश्यकता औँल्याउँदै किसानले उत्पादन गरेका तरकारी, दूध, फलफूल तथा अन्न सहज रूपमा बजारसम्म पुर्‍याउन सक्ने सडक नै अहिलेको वास्तविक आवश्यकता भएको बताएका छन्।

“विकासको नाममा केवल नयाँ नारा होइन, जनताको दैनिक जीवनसँग जोडिएको व्यवहारिक योजना आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

उनले ग्रामीण सडक सञ्जाल बलियो भए गाउँको अर्थतन्त्र मजबुत हुने, कृषि उत्पादन बढ्ने, युवाले गाउँमै अवसर पाउने र त्यसले समग्र देशको समृद्धिको आधार तयार गर्ने धारणा सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ११ : ११ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा