२०८३, १२ असार शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने जनाइएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा संगठनात्मक तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न ६ एजेन्डामाथि छलफल हुने तयारी गरिएको छ।

बैठकमा पार्टीको भेला तथा अधिवेशन सम्बन्धी विशेष तालिकाबारे विस्तृत छलफल हुने बताइएको छ। साथै, पार्टीका विभिन्न आयोग र विभागमा पदाधिकारी मनोनयनको विषय पनि एजेन्डामा समावेश गरिएको छ।

रास्वपाले केही जिल्ला समिति विघटनबारे निर्णय गर्ने तयारी समेत गरेको बताइएको छ। त्यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धी विषय, केन्द्रीय समिति बैठक आह्वान तथा अन्य समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

पार्टीभित्र संगठन विस्तार र संरचनात्मक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित बैठक बस्न लागेको नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३, २६ बैशाख आईतबार  ८ : ५२ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि