पश्चिम बंगाल मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार गठन भएको छ।
शुभेन्दु अधिकारी ले शनिबार कोलकाता स्थित ब्रिगेड परेड ग्राउन्ड मा आयोजित समारोहबीच मुख्यमन्त्री पदको शपथ लिएका हुन्। उनलाई आर.एन. रवि ले पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथ ग्रहण समारोहमा नरेन्द्र मोदी, अमित शाह, राजनाथ सिंह लगायत भाजपा शीर्ष नेताहरू सहभागी थिए।
२९४ सदस्यीय विधानसभामा भाजपाले दुई तिहाइ बहुमत नजिकको सफलता हासिल गर्दै सरकार बनाएको हो। विपक्षमा रहेको अल इन्डिया तृणमूल कांग्रेस (टिएमसी) लाई पराजित गर्दै भाजपा पहिलो पटक सत्तामा पुगेको हो।
मुख्यमन्त्री अधिकारीसँगै दिलिप घोष, अग्निमित्र पाउल, अशोक किर्तानिया, खुदिराम तादू र निशिथ प्रमानिक ले पनि मन्त्री पदको शपथ लिएका छन्।
चुनाव परिणामपछि राज्यको राजनीतिमा तीव्र विवाद देखिएको थियो। ममता बनर्जी ले चुनावमा धाँधली भएको आरोप लगाउँदै परिणामप्रति असन्तुष्टि जनाएकी थिइन्।
यसअघि विपक्षी नेताका रूपमा रहेका शुभेन्दु अधिकारीले भवानीपुर क्षेत्रमा ममता बनर्जीलाई पराजित गरेपछि उनको राजनीतिक प्रभाव थप बलियो बनेको थियो।








प्रतिक्रिया